Skin_Hospital_Dhn

असमान व्यवहार जारी रहे कुनै पनि भाषाका सिनेमाहरुको प्रदर्शन गर्न नदिने चेतावनी

काठमाडौँः नेपाली चलचित्रको प्रदर्शनमा असमान व्यवहार जारी रहे नेपाल चलचित्र निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । महासचिव सुनिल कुमार थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गरेका छन् ।

अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरुको प्रदर्शन गर्न नदिने उनको चेतावनी छ । ‘निर्माता संघले उठाएका मुद्दामा सहमतिमा आउन प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा नेपाली चलचित्र निर्माताको अस्थित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरूको प्रदर्शन गर्न नदिई, कडा रूपमा प्रस्तुत भई चारणबद्ध आन्दोलन अन्तिम लडाइँमा होमिने प्रस्ट पार्न चाहन्छौँ ।

नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको भन्दै बुधवार दिमाग खराबको निर्माण पक्षले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको थियो ।

संघले सम्मानजनक व्यवसायीक अधिकारको सुनिश्चितताका लागि चलचित्र प्रदर्शकहरूसँग कयौँ लडाइँ लडिनुका साथै सहमति र सम्झौताहरू गरिए पनि सधैँ अनुदार व्यवहार भएको दाबी गरिएको छ ।

 

सम्बन्धित
Loading...