काठमाडौंः आज सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको हो ।
गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो ।
यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ । महासंघले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।
