Skin_Hospital_Dhn

चिसो बढेपछि चार दिन विद्यालय बन्द

कञ्चनपुर ।
भीमदत्त नगरपालिकाले चिसो बढेपछि विद्यालयमा चार दिन बिदा दिएको छ ।

एक हप्तादेखि अत्यधिक चिसो बढेको भन्दै पुस २१ देखि २४ गतेसम्मका लागि विद्यालयमा बिदा दिने निर्णय नगरपालिकाले गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले चार दिन विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।
कैलाली, कञ्चनपुरलगायतका जिल्लामा केही दिनयता अत्यधिक चिसो बढेको छ ।

यस्तै, शुक्लाफाँटा नगरपालिकाले पनि दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

सम्बन्धित
Loading...