बाजुराको क्युडी गाउँका बुवाहरूले लगाएका टोपी देखेपछि…

  • जनेश भण्डारी

बाजुरा: टोपी लगाउनुका मुख्य दुई उद्देश्य छन्–शिरको शोभा र हावापानीबाट सुरक्षा। तर, बाजुराको विकट हिमाली गाउँपालिकाको क्युडी गाउँका बासिन्दाले लगाएका यी टोपी दुवै काम दिने खालका छैनन्।

टोपीमा सामान्य प्वाल परेका वा च्यात्तिएका मात्र होइनन्, धुजाधुजा भएका छन्। टोपी छेडेर कपाल बाहिर निस्किएका छन्। आजको युगमा इन्टरनेटमा नयाँनयाँ मोडल र डिजाइनका कपडामा सजिने वर्ग पनि नेपालमै भेटिन्छ।

तर, यी गाउँले कैयौँ वर्षसम्म एउटै टोपी यसरी टाउकोमै सडेर जाँदा पनि लगाइरहन विवश छन्। केही अगाडि गाउँ गएका बेला यी बुवाहरूका टोपी देख्दा निकै मन दुख्यो। यस्तो अवस्थाले धनी र गरिबीचको डरलाग्दो खाडलको संकेत गर्दछ।

 

सम्बन्धित
Loading...