नयाँ सन्देश आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ। रुइन्द्र मिडिया प्रालिद्वारा सञ्चालित नयाँ सन्देशले २०७९ साल मंसिर ४ गतेदेखि आफ्नो प्रकाशन सुरु गरेको थियो।
गतवर्ष प्रतिनिधि र प्रदेशसभाको चुनाव भएकै दिन हामीले आफ्नो यात्रालाई तय गरेका थियौँ। आज हामी दोस्रो वर्षमा प्रवेश गरेको कुरा पाठकहरूसँग साट्न पाउँदा हामी निकै उत्साहित भएका छौं। यो एक वर्षमा पाठकहरूबाट पाएको न्यानो माया, उत्प्रेरणा, विश्वास र खबरदारी हाम्रा अमूल्य आर्जन हुन्। यसको निरन्तरताको अपेक्षा गर्दछौं।
कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा कार्यालय स्थापन गरी हामीले तीनै तहका सरकारका कामकारबाहीलाई निगरानी गरिरहेका छौं। तिनका काम कारबाही पाठकहरूलाई सुसूचित गरिरहेका छौं। सबै क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ।
हामी सुदूरपश्चिमसँगै अन्य प्रदेशलाई पनि समेटेर अघि बढेका छौँ। देश तथा विदेशमा हुने हरेक गतिविधिलाई पाठकहरू माझ पुर्याउने कोशिस गरेका छौँ।
द्रुत रूपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा एक वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रूपमा लिएका छौं। तपाईंहरूको विश्वास नै हाम्रो सम्पति हो। हाम्रो सफलताको श्रेय तपाईं पाठकहरूमै जान्छ।
पाठकहरूको चाहनाअनुसारको श्रव्यदृष्य सामग्री, मल्टिमिडियासँगै विश्लेषणात्मक सामग्रीहरू पस्कनेमा केन्द्रित हुनेछ। एकवर्षे अवधिमा पाठकहरूबाट उत्साहजनक प्रतिक्रिया पायौं। जसले गर्दा हामीलाई अघि बढ्न थप प्ररणा मिलेको छ।
हाम्रो एक वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने पाठक, शुभेच्छुक, दर्शक, विज्ञापनदाता, पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद। हाम्रो यात्राका क्रममा तपाईंहरूको सल्लाह र सुझावलाई आत्मसात गर्दै सिकाइबाट अनुभव प्राप्त गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ।
