मोडलिङमा जम्दै अविनाश, ‘छोडी जाने’ सार्वजनिक [हेर्नुस् भिडिओसहित]

धनगढी: बझाङका अविनाश थापा काजी मोडलिङमा जमिरहेका छन्। उनले कैयन् म्यूजिक भिडिओमा अभिनय गरिसकेका छन्।

उनको अभिनय रहेको म्यूजिक भिडिओ ‘छोडी जाने’ सार्वजनिक भएको छ। उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ। शान्ति पण्डितको शब्द रहेको गीतमा कमल अधिकारीको संगीत छ।

रमेश बिजुली विसीको निर्देशन रहेको उक्त म्यूजिक भिडिओ कमल अधिकारी युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो। उक्त म्यूजिक भिडिओमा थापासँगै भावना बान्तोल र प्रभाशको पनि अभिनय छ।

बझाङको खप्तड छन्ना गाउँपालिका–४ का थापा हल भारतको बैंग्लोरमा बस्दै आएका छन्। उनीसँग ६ वर्षको मोडलिङ अनुभव छ। उनले हालसम्म डेढ दर्जन बढी गीतमा मोडलिङ गरिसकेका छन्।

हेर्नुस् भिडिओ :

सम्बन्धित
Loading...