Skin_Hospital_Dhn

नौ महिनामा पनि आएन परीक्षाफल, दुई लाखभन्दा बढी विद्यार्थी प्रभावित

काठमाडौं ।
‘रिजल्ट कुर्न नसकेर साथी खाडी गैसक्यो, टियु किन मौन रु, टियुको रिजल्ट कुर्दाकुर्दै आत्महत्याको सोच आइसक्यो,’ यस्तै यस्तै कुराहरु लेखिएका प्लेकार्ड बोकेका धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आजकाल धेरै भेटिन्छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आजकाल । हुनपनि आफूले मेहनत गरेर उच्च शिक्षाको सपना देख्दै बसेका विद्यार्थीका लागि १३ महिनाको अवधि कम होइन । परीक्षा दिएको एक वर्ष बितिसक्दा पनि नतिजा नआउँदा यतिखेर मुलुककै ठूलो विश्वविद्यालयप्रति त्रिवि स्नातक तहका विद्यार्थी यस्तै फ्रस्टेसन पोखिरहेका छन् । परीक्षा भएको तीन महिनाभित्र नतिजा प्रकाशित गर्नुपर्ने नियम रहेको त्रिविमा १३ महिनासम्म नतिजा निकाल्न नसक्दा यतिखेर पदाधिकारीहरु तैँ चुप मैँ चुपको अवस्थामा छन् ।

स्नातकको रिजल्ट ननिकाल्दै स्नातकोत्तरमा भर्ना खुला
स्नातक तह तीनवर्षे शैक्षिक कार्यक्रमहरुको नतिजा प्रकाशन नगर्दै स्नातकोत्तर तहको भर्ना खुला गरेपछि पुस पहिलो साता त्रिविका विद्यार्थी तथा सरोकारवालाहरुबीच ठूलै बहसको विषय बन्यो ।

स्नातक तहको परीक्षा भएको एक वर्षसम्म नतिजा दिन नसक्ने तर स्नातकोत्तरको भर्ना आह्वान गर्न हतार गर्ने त्रिविको चर्को आलोचना मात्रै भएन कार्यक्षमतामाथि नै प्रश्न उठ्यो ।

यीनै आलोचनाकाबीच त्रिविले मानविकी, शिक्षा, व्यवस्थापन तथा विज्ञान संकायको स्नातकोत्तर तहमा भर्ना आवेदनका लागि पुस ५ देखि माघ ४ गतेसम्मको म्याद दिएको छ । ती संकायमा आउँदो माघ २२ देखि यी संकायको कक्षा सञ्चालन हुने जनाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका एक उच्च अधिकारी भन्छन्, “माथिल्लो निकायकै उदासिनताले रिजल्टमा ढिलाइ भएको हो, स्नातक तहको परीक्षाफल ननिकाल्दै स्नातकोत्तरको भर्ना आह्वान गर्नु निकै लज्जास्पद कुरा हो, तर आजकाल त उहाँहरु सरकारी निकायबाटै जवाफ माग्न बोलाएपनि जानुहुन्न बरु मोबाइल स्वीच अफ गरेर बस्नुहुन्छ ।”

पुस २५ भित्र सबै संकायको नतिजा निकालिसक्ने लक्ष्य
यसअघि पुस १५ गतेभित्र ३ वर्षे स्नातक तहका सबै संकायको नतिजा दिइसक्ने लक्ष्य राखेको त्रिविले पुस २० सम्म आइपुग्दा बल्ल बीएड तहको नतिजा निकालेको छ । अब पुस २५ भित्र सबै संकायको नतिजा निकाल्ने तयारीका साथ काम गरिरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयको यस्तो प्रतिवद्धतापछि यतिखेर आन्दोलनरत विद्यार्थी शान्तिपूर्ण विरोधमा रहेका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको गेटमा ठूलो ब्यानरमा लेखिएको छ– विद्यार्थीको भविष्यमाथिको खेलबाड बन्द गर ।

सम्बन्धित
Loading...