Skin_Hospital_Dhn

चिसो बढेसँगै सावधानी अपनाउन चिकित्सकको आग्रह

दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या हुनुका साथै यातायातका साधन चलाउन कठिनाइ र दुर्घटनाको जोखिमसमेत बढेको छ ।

चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका बिरामी ह्वात्तै बढेका नारायाणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । “अस्पताल आउनेमा वृद्धवृद्धा तथा बालबालिका बढी छन्”, उनले भने। उनले चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव दिए ।

चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।

सम्बन्धित
Loading...