आजको मौसम : तराईमा बाक्लो हुस्सु कायमै, पहाडी भू—भागमा आंशिक बदली

धनगढी ।
मुलुकमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण देशको पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै, तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले चिसो कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

आज शुक्रबार देशको पहाडी भू—भागमा सामान्य बदली रही बाँकी भू—भागमा मौसम सफा रहनेछ ।

आज दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ ।

चिसो क्रमिक रुपले बढ्दैगएकाले त्यसबाट बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...