Skin_Hospital_Dhn

टिकटक प्रतिबन्धविरुद्धको मुद्दाको सुनुवाइ भएन

काठमाडौं: सरकारले टिकटकमाथि लगाएको बन्देज विरुद्ध दायर भएको मुद्दा सुनुवाइ नहुने भएको छ। सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको पेसी तोकिएको थियो।

न्यायाधीश चुडाल सहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने भएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।

कात्तिक २७ गते सरकारले छोटा भिडियो अपलोड गरिने सामाजिक सञ्जालले समाजमा नकारात्मक असर पारेको भन्दै बन्देज लगाउने निर्णय मन्त्रिपरिषद्‌बाट गरेको थियो।

उक्त निर्णयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दाबी गर्दै १० वटा रिट निवेदन गत शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएका थिए। सोमबार सुनुवाइ नभएपछि मंगलबारका लागि पेसी राख्ने तयारी सर्वोच्च प्रशासनले गरेको छ।

सम्बन्धित
Loading...