धनगढी: नयाँ सन्देशले आफ्नो पहिलो वार्षिकोत्सवका अवसरमा आमाको माया छात्रावासमा फलफूल तथा खाजा वितरण गरेको छ। एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नयाँ सन्देशले सोमबार फलफूल तथा खाजा वितरण गरेको हो।
छात्रावासमा रहेको २३ जना बालबालिकालाई फलफूल तथा खाजा वितरण गरिएको रुइन्द्र मिडिया प्रालिका अध्यक्ष पुष्करबहादुर मल्लले जानकारी दिए।
नयाँ सन्देशका अध्यक्ष मल्ल, प्रधान सम्पादक रमा चन्द र संवाददाता लक्ष्मण साउँद छात्रावासमै पुगेर फलफूल तथा खाजा प्रदान गरेका हुन्। रुइन्द्र मिडिया प्रालिद्वारा सञ्चालित नयाँ सन्देशले २०७९ साल मंसिर ४ गतेदेखि आफ्नो प्रकाशन सुरु गरेको थियो।
कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा कार्यालय स्थापन गरी नयाँ सन्देशले देश तथा विदेशमा हुने हरेक गतिविधिलाई पाठकहरू माझ पुर्याइरहेको छ।
