त्रिपुरासुन्दरीको दर्शन गर्न बैतडी पुगे सुदूरपश्चिमका प्रदेश प्रमुख जोशी

बैतडी: सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी सोमबार बैतडी पुगेका छन् । विभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागी हुनका लागि प्रदेश प्रमुख जोशी बैतडी पुगेका बताइएको छ ।

सोमबार दिउँसो बैतडी पुगेका प्रदेश प्रमुख जोशीलाई गोठलापानीमा स्वागत गरिएको नेपाली कांग्रेसका दशरथचन्द नगर उपसभापति सुरज चन्दले बताए ।

बैतडी पुगेका प्रदेश प्रमुख जोशीले मंगलबार प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजाका साथै दर्शन गर्ने कार्यक्रम छ। त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सहभागी भएर प्रदेश प्रमुख जोशी दार्चुलासमेत जाने कार्यक्रम छ। मंगलबार र बुधबार त्रिपुरासुन्दरी भगवतीको जात्रामा सहभागी भएर प्रदेश प्रमुख जोशी बैतडीको पाटन र मेलौली जाने बताइएको छ।

बैतडीपछि दार्चुलाको मालिकार्जुन धामको दर्शन गर्ने र दार्चुलाको मालिकार्जुन गाउँपालिका७ जोलजिवी क्षेत्रमा सञ्चालनमा रहेको मेलामा प्रदेश प्रमुख जोशी सहभागी हुने कार्यक्रम छ। प्रदेश प्रमुख जोशीसँगै प्रदेशसभा सदस्य बहादुरसिंह थापा र दिवानसिंह बिष्ट पनि बैतडी पुगेका छन्।

उनीहरू पनि त्रिपुरासुन्दरी जात्राका साथै जिल्लाका अन्य धार्मिक स्थलहरुको दर्शनका लागि बैतडी पुगेका नेपाली कांग्रेस दशरथचन्द नगर सचिव गणेशसिंह थापाले बताए। उनका अनुसार प्रदेश प्रमुख जोशीसहितको टोली मंसिर १० गते धनगढी फिर्ता हुनेछ।

सम्बन्धित
Loading...