विस्तृत शान्ति सम्झौताको १७ वर्ष : कैलारीमा नागरिक संवाद कार्यक्रम

धनगढीः विस्तृत शान्ति सम्झौता दिवसको अवसरमा द्वन्द्व प्रभावित, सिमान्तकृत, एकल महिला र नेपाल प्रहरीबीच लैगिकतामा आधारित हिंसासम्बन्धी नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ। एड्भोकेसी फोरम–नेपालको आयोजना मंगलबार कैलारी गाउँपालिकामा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो।

नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको मंगलबार १७ वर्ष पूरा भएको छ। कार्यक्रममा कैलारी गाउँपालिकाका प्रमुख रामसमझ चौधरीले दोन्द प्रभावित महिला होस् या पुरुष उनीहरूलाइ सबै ठाउँमा सहभागी गराउन जरुरी रहेको बताए। उनले भने, ‘उनीहरूलाई कस्तो ठाउँमा सहभागी गराउन सकिन्छ, उनीहरुको जीविकोपार्जन गर्नका लागि कस्ता किसीमका तालिमको आवश्यकता पर्छ वा कहाँ पहल गरिदिनुपर्ने हो त्यसका लागि गाउँपालिका तयार छ।’

यस्तै, कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले द्वन्द्वबाट एकल महिलाहरूलाई केही हदसम्म चेतनाको कमी रहेको बताए। ‘उनीहरुलाई कहाँ गएर आफ्ना समस्या राख्ने भन्ने नै थाहा छैन। सामाजिक विकृतिका कारणले पनि महिलाहरू प्रभावित भएका छन्,’ उनले भने, ‘उनीहरुका हितका लागि गरिएका कार्यक्रमहरू कत्तीको फाइदाजनक छ र ती कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा पक्कै उतार्नेछन् भन्ने विश्वास छ।’

त्यसैगरी महिला हिंसा र द्वन्द्व प्रभावितहरूको अहिलेको अवस्थालाई औल्याउँदै कैलारी गाउँपालिकाको न्यायिक समितिकी संयोजक एवं गाउँपालिका उपप्रमुख भगवति चौधरीले भनिन्– ‘लेनदेन र महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा अलि बढी आउँछ, तर कतिपय मानिसहरू भोलि गाउँघरमा नै बस्नु छ, मुद्दा गर्दा आउँदा दिनहरुमा आफूलाई नै समस्या हुन्छ की भन्ने डरले पनि मानिसहरू आफ्नो समस्या लुकाउने धेरै छन्।’

यसरी आफ्नो समस्या लुकाएकै कारणले पनि जति उजुरी पर्नुपथ्र्यो त्यति उजुरी नपरेको उनले बताइन्। कार्यक्रमको सञ्ञ्चालन र स्वागत मन्तव्य दिँदै एड्भोकेसी फोरोमका सुदूरपश्चिम प्रदेश संयोजक अधिवक्ता पुष्पविक्रम शाहले विस्तृत शान्ति सम्झौताका बारेमा बताएका थिए। उनले शान्ति सम्झौता के हो? शान्ति सम्झौतामा के कस्ता सम्झौताहरू भएका थिए भन्नेबारे प्रस्ट्याएका थिए।

के हो शान्ति सम्झौता?

नेपाल सरकार र नेकपा माओवादीले विसं २०६३ मंसिर ५ गते १० वर्ष लामो नेपाली गृह युद्धलाई अन्त्य गरेको घोषणा गर्दै हस्ताक्षर गरेको सम्झौता पत्र हो विस्तृत शान्ति सम्झौता उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले हस्ताक्षर गरका थिए। यसै सम्झौताले नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो।

शान्ति सम्झौतापछि नेपालमा जारी १० वर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भयो। नेपालमा २४० वर्ष शासन गरेको राजतन्त्र यसैको जगमा अन्त्य भयो। संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको छ।

के–के सम्झौता भएको थियो ?

१. सशस्त्र लडाईंको औपचारिक अन्त्यको घोषणा

२. माओवादी सेना र हतियारको र त्यसैगरी नेपाली सेनाको हतीयारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन

३. माओवादीद्वारा कब्जा गरीएका सम्पूर्ण सम्पति फिर्ता

४. मानव अधिकार र अन्तराष्ट्रिय मानबधिकार सम्बन्धी कानुनहरूको पूर्ण पालना राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य

५. उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन

६. माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनस्र्थापना

७. युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनस्र्थापना

८. हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी

सम्बन्धित
Loading...