प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौँ । शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा तीन दलका शीर्ष नेताहरुबिच छलफल भएको छ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।

छलफलमा नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका तीन जना शीर्ष नेताहरूले शान्ति सम्झौताका बाँकी काम छिटो टुंग्याउने सहमति जनाएको बताइएको छ । मंगलबार शान्ति प्रक्रियाको १७ वर्ष पुगेको छ।

सम्बन्धित
Loading...