Skin_Hospital_Dhn

आज संसदको पहिलो बैठकका लागी एजेण्डा तय गर्न सर्बदलीय बैठक बस्दै

काठमाडौँ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज (शुक्रवार) दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ।

सम्बन्धित
Loading...