सुन तोलामा ८ सय रूपैयाँ घट्यो

काठमाडौं ।
निरन्तर उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सय रूपैयाँ घटेर एक लाख २ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी २० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
Loading...