
धनगढी ।
केही दिनयता धनगढीमा अत्याधिक चिसो बढेका कारण धनगढी उप—महानगरपालिले धनगढीका २९ स्थानमा आगो ताप्न दाउरा बितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा धनगढी उप—महानगरपालिका भित्र १०० देखी २०० मीटरको दुरीमा दाउरा वितरण गरेको हो ।

धनगढी उप—महानगरपालिका वडा न. ७ मनहरा वडा कार्यालय जाने बाटो, मनहरा , कम्पनी सडक तिर जाने बाटोमा, मोती चोक नजिक १००—२०० मिटरको दुरीमा ३ स्थानमा, भानु चोक नजिक १००—२०० मिटरको दुरीमा ३ स्थानमा, सरोज आयल स्टोरको विपरीत तिर अगाडि, क्याम्पस चोक र क्याम्पस चोक नजिक ३ स्थानमा, सेतो पुल नजिक २ स्थानमा, हाम्रो डेरी अगाडिको चोक लगायतका स्थानहरूमा उप—महानगरले दाउरा वितरण गरेको धनगढी उप—महानगरपालिका प्रमुख गोपाल हमालले जानकारी गराए ।
यो वर्ष गत वर्षको तुलनामा झन्डै दोब्बरले चिसो बढेका कारण चिसोबाट बच्न आवस्यक सावधानी अपनाउन धनगढी उप—महानगरपालिकाले आग्रह गरेको छ ।
