मतपत्र अर्धकट्टीसहित भेटिएपछि कैलाली क्षेत्र नम्बर–४ को मतगणना रोकियो

कैलाली निर्वाचन क्षेत्र नम्बर–४ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना रोकिएको छ । नेकपा (एमाले)का प्रतिनिधिहरूले मतगणनाका क्रममा एउटा मतपत्र अर्धकट्टीसहित भेटिएका कारण विरोध जनाएका थिए ।

एउटा मतपत्र अर्धकट्टीसहित भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले जानकारी दिए ।

उमेदवारसहित पार्टीका प्रतिनिधिहरूले आपसमा छलफल गरेर मात्र गणना सुुरु गर्नुपर्ने माग गरिएपछि तत्कालका लागि मतगणना रोकेको उनले बताए ।

सम्बन्धित
Loading...