Skin_Hospital_Dhn

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाटेडसंग एभर्टन ३–१ ले पराजित

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले अर्को प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो । एभर्टनका कोनर कोडीले एक गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलको चौथो मिनेटमा एन्टोनीको गोलबाट युनाइटेडले १–० को अग्रता लिन सफल भयो । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए ।

१४औं मिनेटका कोनर कोडीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा कोनर कोडीले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २–१ ले अघि बढ्यो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मार्कस रासफर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए । बेन गुडफ्रेले एलेहान्द्रो गर्नाचोमाथि फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रासफर्ड चुकेनन् ।

सम्बन्धित
Loading...