Skin_Hospital_Dhn

अत्तरियामा पुष २७ गते देखि सुदूरपश्चिम प्रादेशिक महोत्सव हुने, तयारी सुरु

धनगढी ।
कैलालीको अत्तरियामा यही पुष २७ गते देखी सुरु हुन लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालनका लागी तयारी सुरु भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले प्रयेक वर्ष झै यस वर्ष पनि आयोजना गर्न लागेको उक्त महोत्सवका लागी विभिन्न संरचनाहरु निर्माण गर्ने काम सुरु भएको हो ।

बिहिबार संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सवको प्रवेशद्धारको पुजा गरेर निर्माण कार्य सुभारम्भ गरेका थिए । पुष २७ गतेदेखी माघ ९ गतेसम्म सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।

सम्बन्धित
Loading...