
धनगढी ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ।
जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ। पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार भएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भू—भागमा मौसम सामान्यतया सफा छ।
दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भू—भागमा आंशिक बदलीको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू—भागमा आंशिक बदली हुनसक्ने ठानिएको छ।
सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
