नेसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं ।
नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज केन्द्रीय कार्यालय तीनकुनेमा बस्दैछ । पार्टी एकता लगायत विषयमा छलफल गर्न आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

Gaurishankar Dental

प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेका अनुसार समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुनेछ ।

पार्टी एकता तथा संवाद गर्न नेसपाले वार्ता समिति पनि गठन गर्ने तयारी गरेको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, माओवादीसँग पार्टी एकता, चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच पनि पार्टी एकता प्रक्रियाका विषयमा छलफल भएको थियो । माओवादी केन्द्रले पनि शनिबार नै वामपन्थी दल र समूहबीच एकताका लागि कार्यदल गठन गरिसकेको छ ।

सम्बन्धित
Loading...