नदीमा बगेर एक युवकको मृत्यु
धनगढी ।
सेती नदीमा बगेर डोटीका ३२ वर्षीय युवकको मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा बगेर दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका तेज बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब निरिक्षक रुपसिंह थापाले जानकारी दिए।
शनिबार दिउँसो नुहाउने क्रममा बिक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलको टोली घटनास्थलमा पुगी उद्धार गरेपस्चात पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।