Skin_Hospital_Dhn

सुदूरपश्चिमको ‘लगानी तथा विकास’ सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिइने

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार प्रदान गर्ने भएको छ। प्रदेश सरकारले सम्मेलनको लागि उत्कृष्ट लोगो तयारी गर्नेलाई २५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार दिने भएको हो।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले मंगलबार एक सूचना जारी गरी लगानी सम्मेलनका लागि लोगो तयार पार्न प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। सुदूरपश्चिम सरकाले फागुन २३ र २४ गते आयोजना गर्दैछ।

‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ,’ सूचनामा भनिएको छ, ‘प्रतियोगितामा भाग लिन इच्छुक नेपाली नागरिक वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध छ।’

लोगो निर्माणका लागि मन्त्रालयले लोगो तयार गर्ने सम्बन्धी मार्गदर्शन, शर्तहरू छनोट प्रक्रिया तोकेको छ। लोगोको फाइल तस्विर वा पिडिएफ हुनुपर्ने, लोगो कलाकृति कम्तीमा दुई इन्च लामो र सबैभन्दा सानो साइडर हुनपर्ने, लोगो शुद्ध र सफा हुनुपर्नेलगायत मार्गदर्शनमा उल्लेख छ।

मन्त्रालयले प्रतियोगिताका लागि पठाइएको लोगो फिर्ता नहुने, लोगो मौलिक भएको भनी स्वयं प्रमाणित गरिएको पत्र पठाउनुपर्ने, लोगोको निर्माण पक्षले प्रतिलिपि अधिकारसहित कुनै पनि अधिकारको दाबी प्रस्तुत गर्न नपाउनेलगायतका शर्तहरू राखेको छ।

शर्तहरू :

 

सम्बन्धित
Loading...