लुम्बिनी र जनकपुर आज नेपाल टी–२० लिगको फाइनल प्रवेशका लागि खेल्दै

नेपाल टी—२० लिगमा प्लेअफका खेलहरू आजदेखि सुरु हुने भएका छन् ।

आज अंक तालिकाका दुई शीर्ष टिम लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स फाइनल प्रवेशका लागि खेल्दै छन् । यो क्वालिफायर्स मध्याह्न साढे १२ बजेदेखि सुरु हुँदैछ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

लुम्बिनी १० खेलमा आठमा जित र दुईमा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै जनकपुर १० खेलमा सात मा जित र तीन मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।

आजको विजेता टोली सिधैं फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि सोमबार हुने एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ । मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ ।

विराटनगर सुपर किंग्स १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौं १० खेलमा चारमा जित र ६ मा हारसहित आठ अंकका साथ चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो ।

यस लिगमा फार वेस्ट युनाइटेड १० खेलमा तीनमा जित र सातमा हारसहित पाँचौं स्थानमा रह्यो । पोखरा १० खेलमा तीनमा जित र सातमा हारसहित ६ अंकका साथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...