Skin_Hospital_Dhn

सत्ता गठबन्धनको प्रदेश नेतृत्वमा सहमति जुटाउन बैठक बस्दै

काठमाडौं ।
प्रदेश सरकार गठन सम्बन्धि छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

गठबन्धनको बैठकमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ ।

कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरूबीच सहमति जुटाउने प्रयास हुनेछ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा पनि आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् ।

सम्बन्धित
Loading...