प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (१) मा माओवादी केन्द्रका ओम विक्रम भाट विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी एमालेका बचन बहादुर सिंहलाई ४७५ मत अन्तरले पराजित गर्दै भाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
भाटले १० हजार ९२५ मत पाए भने सिंहले १० हजार ४५० मत पाए । ५४ हजार ६८८ मतदाता रहेको क्षेत्र नम्बर २ (१) मा ३३ हजार ८९० मत खसेको थियो । जसमध्ये २ हजार २२१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।