
अछाम ।
एक जना युवा अछाममा मृत फेला परेका छन्।


अछामस्थित कर्णाली नदीमा कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका छन्।
प्रहरीका अनुसार विष्ट शनिबार मृत फेला परेका थिए । उनी पञ्चलदेवल विनायक नगरपालिका वडा नम्बर ९ चिल्ताडास्थित कर्णाली नदीमा मृत भेटिएको प्रहरीको भनाइ छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
