Skin_Hospital_Dhn

धनगढीको मुख्य सडक निर्माणका लागि बोलपत्र आह्वान

धनगढी।
धनगढीको मुख्य सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ दशमलव ३ किलोमिटर सडक निर्माणकालागि ठेक्का आह्वान गरिएको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय, कैलालीले बोलपत्र आह्वान गरेको जनाइएको छ । पूर्वाधार कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीले आइतबार ठेक्का सम्बन्धी सूचना प्रकाशति गरिएको जानकारी दिदै ३१ दिनपछि मात्र बोलपत्र खोलिने जानकारी गराए । ३० मिटर चौडाइ रहेको सो सडकको ६६ करोड लागत स्टीमेट तयार गरी ठेक्का आह्वान गरीएको पुर्वाधार विकास कार्यालयका प्रमुख खत्रीले जानकारी दिए । सो सडक निर्माणका लागी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले ठेक्का आह्वन गर्न मातहतको कार्यालय लाई ताकेता गरेका थिए ।

धनगढी उप–महानगरपालिकाले सडक क्षेत्र भित्र पर्ने भौतिक संरचना खाली गर्ने र मन्त्रालयले सडक बनाउने सम्झौता बमोजीम पुर्वाधार विकास कार्यालय मार्फत आयोजनाको कार्यान्वयन हुने छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले बजेट सुनिश्चीत भएपछि बोलपत्र आह्वान गरिएको बताए। जसअन्तरगत चालु आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । धनगढी उप–महानगरपालिकाले सडकको केन्द्र भागदेखि दायाँबायाँ १५–१५ मिटर सडक फराकिलो बनाउन डोजरको प्रयोग गरेर भौतिक संरचना भत्काइरहेको छ । नगर प्रमुख गोपाल हमालले धनगढीको मुख्य सडकमा सवारी जाम हुने गरेकाले सडक चौडा गर्ने योजना अन्तर्गत सडक निर्माणको काम भैरहेको बताए । उनले धनगढीको मुख्य सडक चौडा बनाउने काममा सहयोग गर्ने घर धनीहरूलाई धन्यवाद ब्यक्त गर्दै विकास निर्माणको काममा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

सम्बन्धित
Loading...