Skin_Hospital_Dhn

भारतीय कम्पनीको संलग्नतामा टी—ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष

काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी—ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको पाइएको छ ।

पुस ९ गतेदेखि सुरु भएको प्रतियोगितामा सुरुवातदेखि नै वेटिङ र फिक्सिङको चर्चा सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फिक्सिङबारे अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्री लामिछानेको निर्देशनलगत्तै अनुसान्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । सिआइबीका अनुसार लिगमा तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको हो ।

वेटिङ र फिक्सिङमा नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सञ्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको संलग्नता भएको संकेत मिलेको सिआइबीले जनाएको छ ।

सम्बन्धित
Loading...