
धनगढी ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण का विविध पाटाहरू को बारेमा सामूहिक छलफल तथा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

युरोपियन युनियन युवा ध्वनि बोर्डको आयोजना तथा अमेरिकन कर्नर धनगढीको सहकार्यमा युवाहरू सङ्ग युवा ध्वनि बोर्डको बारेमा अभिमुखीकरण गरिएको हो ।

अन्तर्कियाको सहजिकरण एवं प्रस्तुतीकरण युवा ध्वनि बोर्डका सदस्य प्रविन चन्दले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका १५ जना युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले ध्वनि बोर्डको कार्यक्रममा सहभागी हुँदा खुसी भएको बताए । यसै गरी सक्रिय युवा अभियन्ता वीरेन्द्र बिस्टले उक्त कार्यक्रम आधार मानी आगामी दिनमा अझै सशक्त भएर लाग्नुपर्ने त्यसमा सबैको हातेमालो हुनुपर्ने बताए ।

यसै क्रममा कार्यक्रम कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले युवा ध्वनि बोर्ड र अमेरिकन कर्नर लाई युवाहरू बिच सामाजिक विषयवस्तु को अनुभव आदानप्रदान गर्ने अवसरका साथै सुदूरपश्चिमका युवामा थप सम्भावना पनि देखिएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रमको औपचारिक रूपमा समापन अमेरिकन कर्नर धनगढीकी संयोजक गीता जोशीले गर्दै अमेरिकन कर्नर युवा , विद्यार्थी लाई अध्ययन अनुसन्धान तथा यो स्पेसलाई प्रयोग गर्न आग्रह गर्दै कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा युरोपियन युनियनका युवा ध्वनि बोर्डलाई धन्यवाद दिएकी थिइन् ।
