मंसिर ७,धनगढी
धनगढीमा देशव्यापी धनगढी स्पिच कम्पिटिसन हुने भएको छ ।
ग्रिन क्लिन धनगढीले वातावरणीय दीगोपन ः हाम्रो दायित्व विषयमा स्पिच कम्पिटिसन गर्न लागको हो ।
धनगढी स्पिच कम्पिटिसनमा सहभागी हुन चाहनेले प्रतियोगिताको अनलाइनमार्फत भिडियो पठाउँने सक्ने कार्यक्रम संयोजक शुभम पनेरुले जानकारी दिए ।
उनका अनुसार सहभागीहरुले नोभेम्बर २५ देखि ३ सम्म पहिलो राउण्डमा भिडियो पठाउँन सक्नेछन् । भिडियो पाँच मिनेटको हुनुपर्नेछ । भिडियो ल्यान्डस्केप मोडमा खिचेको पर्छ । ती भिडियोहरुलाई डिसेम्बर ६ मा यूटुयुबमा अपलोड गर्दै डिसेम्बर १३ सम्म प्रचारप्रसार गरिनेछ ।
पहिलो राउण्डको नतिजा प्रकाशित डिसेम्बर १६ मा हुनेछ । पहिलो चरणमा सफलहरुले दोस्रो चरणको भिडियो पठाउँनुपर्नेछ । दोस्रो चरणको भिडियोहरु २० डिसेम्बरसम्म पठाउँनुपर्ने पनेरुले बताए । दोस्रो चरणका भिडियोहरु २३ डिसेम्बरमा युटुयुबमा अपलोड गरिने र ३० डिसेम्बरसम्म प्रचारप्रसार गर्न पाइनेछ । जनवरी ७ मा अन्तिम नतिजा सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।
सहभागिता जनाउँन चाहनेले नाम दर्ता शुल्क तीन सय रुपैयाँ बुझाउँनुपर्नेछ । प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १० हजार, तेस्रो हुनेले ५ र चौथो हुनेले २ हजार पुरस्कार पाउनेछन् । विजेताको टुंग्गो ४० प्रतिशत प्रतियोगीता यूटुयुब लाइक र भ्यूजका आधारमा तथा ६० प्रतिशत निर्णायकको मतका आधारमा गरिनेछ ।
ग्रीन क्लिनका कार्यक्रम निर्देशक समुयल न्यौपानेले वातावरण संरक्षण र यसको महत्वबारे देशव्यापी जनचेतना जगाउन यो कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
कार्यक्रममा सहभागिता जनाउँन चाहनेले मोवाइल नं. ९६२४७२७९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
