Skin_Hospital_Dhn

एमालेका रावल पहिलो मुख्यमन्त्री बन्ने, आलोपालो सुदूरमा मुख्यमन्त्री बन्ने सहमति

धनगढी ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सत्ता साझेदार दलहरुबीच आलोपालो गर्ने सहमति भएको छ ।

सहमति अनुसार सुदूरपश्चिममा एमाले र माओवादीबीच आलापालो हुनेछ । यो सहमतिअनुसार सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ भने माओवादीले सभामुख लिने छ ।

मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।

सहमति अनुसार सुदूरपश्चिमको पहिलो मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलको नेता राजेन्द्रसिंह रावल हुने निश्चित भएका छन् ।

सम्बन्धित
Loading...