Skin_Hospital_Dhn

भारतको तीकुनीया तर्फ आइरहेको बस दुर्घटना हुँदा कैलालीका तीनसहित ४ जनाको मृत्यु

धनगढी ।
भारतको तीकुनीया तर्फ आइरहेको बस दुर्घटना हुँदा कैलालीका तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गुजरातबाट तिकुनीया आउदैँ गरेको बस लखनौंमा गएराती १२ बजे ट्रकसंग ठोक्किदा कैलालीका तीन जनाको मृत्यु भएको हो ।

टीकापुर नगरापालिका १ का बर्ष ५५ का चन्द्र साउद, बर्ष ३५ का ललित साउद र खर्कौला बस्ने बर्ष ३० की निर्मला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए । भारतीय चालकको पनि मृत्यु भएको छ । उनको परिचय खुलेको छैन् ।

‘मृत्यु हुने कैलालीका भएको हुँदा थप बुझ्ने काम भइरहेको छ, उनले भने घट्नामा अन्य केही घाइते भएको भन्ने खबर छ । ,’ बसमा सवार करिब १४÷१५ जना घाइते भएका छन् । बसको नम्बर खुल्न सकेको छैन ।

सम्बन्धित
Loading...