प्रधानमन्त्रि प्रचन्डः हामीले विर्सन हुँदैन हामी निरन्तर जनताको निगरानीमा छौँ।
काठमाण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू जनताको निगरानीमा रहेको बताएका छन्।
मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनताले निसर्त नभई ससर्त समर्थन गरेको उनको भनाइ छ। आफूहरुलाई समस्या केलाएर बस्ने छुट नभएको प्रधानमन्त्री प्रचण्डले बताए।
‘जनताले असंख्य परिकल्पना गरेका छन्। हामीले विर्सन हुँदैन हामी निरन्तर जनताको निगरानीमा छौँ। हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। जनतासँग गरिएका समृद्धि र सुशासनका प्रतिवद्धता साझा छन्,’ उनले भने।
उनले फरक पृष्ठभूमिबाट संसदमा प्रतिनिधित्व नै यो संसदको पूँजी भएको बताए। ‘तपाइँहरूको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो। तपाइँहरूमा केही गर्ने हुटहुटी छ। त्यो हाम्रो पूँजी हो,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएकोसमेत बताएका छन्।
यो संसदले जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताए।