
धनगढी ।
धनगढीमा झन्डै ४० हजार बराबरको मदिरा बरामद गरिएको छ । धनगढी उप– महानगरपालिका ३ स्थित रिङरोडमा सञ्चालनमा रहेका विभिन्न पसलहरुबाट वडा प्रहरी कार्यालय धनगढीले उक्त रकम बराबरको मदिरा बरामद गरेको हो ।

अवैध रुपमा मदिरा विक्री वितरण गरिरहेका किराना पसल र नास्ता पसलहरुबाट बरामद गरिएकोमा त्यस मध्यबाट ४० लिटर घरेलु मदिरा नष्ट समेत गरिएको वडा पैहरी कार्यालय धनगढी कैलाली जनाएको छ ।

उक्त बरामद गरिएको मदिरा मध्य १० पेटी रहर,४ बोतल खुकुरी रम,८ बोतल भर्जीन,६ बोतल ब्लू डाइमन्ण,२ बोतल ८८४८ र ४० लिटर घरेलु मदिरा रहेको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमले बताए ।
