Skin_Hospital_Dhn

आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते

कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर आफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्।

आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको छ।

सम्बन्धित
Loading...