Skin_Hospital_Dhn

तराईमा बिहानैदेखि बाक्लो कुहिरो, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ।

तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुने छ। बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना छ। हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ।

सम्बन्धित
Loading...