Skin_Hospital_Dhn

धनगढी उपमहानगरले मापदण्ड बिपरित निर्माण भइरहेका संरचनाको कार्य रोक्यो

धनगढी । धनगढी उपमहानगरपालिकाले मापदण्ड बिपरित निर्माण भइ रहेका संरचनाको निर्माण कार्य रोकेको छ ।

उपमहानगरपालिकाको नगर यातायात गुरूयोजना बमोजिम सडक अधिकार क्षेत्र छुट्याउने र नक्सांकन गर्दै स्वीकृति बिना निर्माण र मापदण्ड बिपरित निर्माण भइ रहेका संरचनाको निर्माण कार्य रोकिएको हो ।

धनगढी उ.म.न.पा.को टोलीले वडा न.५ तारानगर, यातायात कार्यालय , वडा न.४ बोरडाडी र वडा न. १ बिनायक टोल
निर्माणाधीन संरचनाको नापजाँच गरेको छ ।

Loading...