Skin_Hospital_Dhn

मुख्यमन्त्री त्रिलोचन भट्टले गरे आफ्नो पाँच वर्षको कार्यकालको प्रगति विवरण सार्वजनिक

धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षको कार्यकालको प्रगति विवरण आज पत्रकार सम्मेलन गर्दै प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावका बिच पनि थुप्रै काम भएको दाबी गरेका छन ।

हामीले संघीयताको जग बसाल्ने काम ग¥यौँ मुख्यमन्त्री भट्टले भने त्यसैमा टेकेर आगामी सरकारले धेरै काम गर्न सक्छ । आफ्नो कार्यकालमा उनले कृषि, पर्यटन जडिबुटी र ऊर्जालाई प्राथमिकता दिएको बताए । जिल्ला सदरमुकाम सम्म पनि सडक पुग्न नसकेको अवस्थामा उनले अहिले ४ सय किलोमिटर भन्दा बढि सडक कालोपत्रे गरेको मुख्यमन्त्रीले बताए ।

मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा ५५ पुल बनेका, १९० किलोमिटर पक्की कुलो निर्माण गरेको २८४ किलोमिटर कच्ची कुलो निर्माण गरेको जानकारी दिए । १२ हजार ९४५ हेक्टरमा सिचाइ पुराएको र १५७ किलोमिटर तटबन्ध बनाएको जनाए ।

सम्बन्धित
Loading...