Skin_Hospital_Dhn

आजको मौसमः महाशाखाद्धारा चेतावनी तथा परामर्श जारी

काठमाण्डौं ।
मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भने यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा छ । तराईमा हुस्सु÷कुहिरो लागेको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिम तराईका हुस्सु÷कुहिरो मध्याह्नपछि हट्ने सम्भावना देखिए पनि तराईका अन्य स्थानका हुस्सु÷कुहिरो भने दिनभर रहने सम्भवना छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू—भागमा बाक्लो हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

सम्बन्धित
Loading...