

धनगढी।
नेपाली काङ्ग्रेसका मानबहादुर रावलले सुदूरपश्चिमको सभामुखमा मनोनयन दर्ता गरेका छन्। सुदूरपश्चिम प्रदेशको सभामुख पदमा काङ्ग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले आज दिउँसो मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन्।
सुदूरपश्चिमपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली काङ्ग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन् । सभामुखमा मनोनयन दर्ता गराएका मानबहादुर रावल अछामबाट निर्वाचित भएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ। यस्तै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर भण्डारीको प्रस्तावकमा रहेका छन् ।नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ।सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुनेछ।
