

धनगढी ।
नेकपा माओवादी केन्द्रले भीम भण्डारीलाई सुदूरपश्चिम प्रदेशमा उम्मेदवार बनाएको छ। उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । भण्डारीको प्रस्तावमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन्। उनी बझाङ प्रदेश क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ । नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ। सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि (बिहीबार) मतदान हुने बताइएको छ ।
