Skin_Hospital_Dhn

कैलालीमा पेष्तोलसहित २ जना पक्राउ

धनगढी ।
मसुरियाबाट पेष्तोलसहित २ जना पक्राउ परेका छन्। कैलालीको मसुरियाबाट आज दिउँसो साढे ४ बजेको समयमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी आरआईटि र जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती र ईलाका प्रहरी कार्याललय मसुरिया कैलालीबाट खटीएको संयुक्त प्रहरी टोलीले पेस्तोल सहित २ जना लाई पक्राउ गरेको हो।

कैलाली गौरीगंगा नगरपालीका ९ भगवानपुर बस्ने ३६ बर्षिय महेन्द्र देउवाको घरबाट Made in U.S.A. लेखेको पेस्तोल थान १ बरामद गरिएको हो।स्वयम महेन्द्र देउवा र गौरीगंगा नगरपालीका ४ राजिपुर बस्ने बर्ष ३५ को नरेन्द्र खडायतलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद प्रकाश जोशीले जानकारी दिए । उनीहरुलाई पक्राउगरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

सम्बन्धित
Loading...