Skin_Hospital_Dhn

पुस ३० गते एसटिएस सिनेमा हलमा ‘जातिय भेदभाव’ नामक चलचित्र प्रर्दशन हुने

धनगढी ।
धनगढी रहेको एसटिएस सिनेमा हलमा पुस ३० गते ‘जातिय भेदभाव’ नामक चलचित्र प्रर्दशन हुने भएको छ । जातिय छुवाछुत अन्त्य गर्ने उद्देश्यले निमार्ण गरीएको चलचित्र ‘जातिय भेदभाव’ प्रदर्शन हुने भएको हो ।

यसका साथै बिधालयसंग समन्वय गरि प्रोजेक्टरको माध्यमले बिधालयमा देखाउने उनले बताउनु भयो । यस चलचित्रका नायक अमृत थापा र नायिका आयुसी शाही रहेका छन । भने चलचित्रका निर्देशक, कथाकार संजीव खड्का रहेका छन ।

निर्देशकले दुई चारवटा छोटा चलचित्रको निर्देशन गरिसकेको बताउनु भयो । समाजमा रहेका जातीय भेदभावको पीडा देखाउनुका साथै शिक्षक समाज दिशानिर्देशन गर्ने भएपनि उनिहरूबाट नै जातिय भेदभाव हुने गरेको यस चलचित्र देखाएको उहाँले बताउनु भयो । यस चलचित्रको संगित एेलिना चौहानले गरेकि छिन ।

एक लाख, पचास हजारको लगानीमा चलचित्र निर्माण गरेको उहाँले बताउनु भयो । चलचित्रको छायांकन कैलालीको बिभीन्न ठाउँमा गरीएको उहाँले बताउनु भयो । समाजमा जातिय छुवाछूतले मानिसको व्यवहार फरक गर्ने गरेको उहाँले बताउनु भयो । टिकट रु २०० देखि ३०० सम्म हुने बताउनु भयो । यश चलचित्रको छायांकन धनगढी र गोदावरीमा गरिएको उहाँले बताउनु भयो ।

 

सम्बन्धित
Loading...