Skin_Hospital_Dhn

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले ४ हजार ९३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३५१० मत प्राप्त गरे।

सम्बन्धित
Loading...