

धनगढी ।
नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ। बुधबार नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन्।
आज (बिहीवार) साँझ ४ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जानाएको छ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ ग्रहण गराउने छन् । २९ जना प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुख जोशीले बुधवार रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
