
धनगढी । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनमोहन स्वाँर निर्विरोध निर्वाचित भएका छन्। प्रेस युनियनको विधान २०४८ (छैटो संशोधन २०७९) को परिच्छेद ४ को दफा १४, उपदफा (त) बमोजिम प्रदेश लेखा समिति गठन भएर सुदूरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।


समितिको खुलातर्फ उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्ष गिता कुँवर, समावेशी उपाध्यक्ष जगत खड्का, महासचिवमा हरिश भट्ट, खुला सचिव राजेन्द्रबहादुर रोकाया, महिला सचिव बन्दना बम, समावेशी सचिव भिमबहादुर चौधरी र कोषाध्यक्षमा विरबहादुर गडाल निर्विरोध निर्वाचित भएका हुन्।
खुला सदस्यमा क्रमशः टेकबहादुर कुँवर, दिपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट र चन्द्रप्रसाद खनाल निर्वाचित भएका छन्। महिला सदस्यमा क्रमशः कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी र डालीकुमारी पाण्डे चयन भएका छन्।
दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाती सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी र मधेसी सदस्यमा रामदास राना, सागर कुस्मी चयन भएका छन्।
