
धनगढी । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिँह रावलले पदवार ग्रहण गरेका छन् ।

पदवार ग्रहण गर्दै उनले जनताको सेवक भएर काम गर्न प्रतिवद्ध रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशका सबै मन्त्रालय , आयोग , सचिवालय , निकाय र मातहत कार्यालयहरुको कार्यसम्पादन प्रणाली लाई सरलीकरण र सदृकरण गर्न नतिजा मूलक कार्ययोजना तयार गरी सात दिन भित्र पेश गर्न निर्देशन दिएका छन् ।

रावलले सेवा सर्त निर्धारण कानुन तर्जुमागर्न सैदान्तिक सहमति प्रदान गर्नु का साथै प्रदेश सुशासन प्रवद्र्धन गर्न प्रादेशिक सदाचार निति र मापदण्ड तर्जुम गरी ३० दिन भित्र पेश गर्न प्रदेश सचिवको सयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
रावलले प्रदेश वाट प्रवाह भईरहेका सेवाहरु लाई जनमुखि र गुणस्तरिय तुल्याउन तत्काल गर्नु पर्ने सुधार का उपाय पहिचान गरि कार्यानयन गर्न सबै मन्त्रालय र निकाय लाई निर्देशन दिनु का साथै भौतिक पुर्वाधार र आर्थिक मामिला मन्त्रालयलाई प्रदेश सरकार को तर्फ बाट नागरिकलाई दिन सकिने विधुत महसुल लगायत का सेवा अध्ययन गरि मन्त्रीपरिषदमा पेस गर्न निर्देशन दिएका छन् ।
