अत्तरिया । अत्तरिया उधोग वाणीज्य संघको आयोजनामा अत्तरियाको लामीताल परिसरमा भईरहेको महोत्सवमा आज चर्चित गायक प्रमोद खरेल र लोक तथा डेउडा गायक सौगात ओझाको प्रस्तुती रहने भएको छ ।
महोत्सवको तेस्रो दिन आज अन्य नृत्य तथा सांगेतिक प्रस्तुतीहरु पनी रहनेछन् । महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।
सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।